१४ चैत्र २०८२, शनिबार | March 28, 2026

कांग्रेस पदाधिकारीको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बोलाइएको छ । महासमिति बैठकको विषयकेन्द्रित छलफलका लागि बिहीबार नै बस्नेगरी पदाधिकारी र पूर्वपदाधिकारी बैठक कांग्रेसले बोलाएको हो । ललितपुरको गोदावरीमा गत सोमबारदेखि कांग्रेस महासमिति बैठक बसिरहेको छ । बिहीबार महासमिति बैठक समापन गर्ने कांग्रेसको तयारी छ ।