काठमाडौं । विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापतिमा चयन भएका गगन थापाले निर्वाचन आयोगले आफूहरूलाई ३ गतेभित्र पार्टीको आधिकारिकता दिने विश्वास व्यक्त गरेका छन् । पार्टीको निर्णय अद्यावधिक गराउन तथा आधिकारिकताको दाबीसहित निर्वाचन आयोग पुगेका थापाले आवश्यक सबै कागजात बुझाइसकेको जानकारी दिएका हुन् । निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले आयोगबाट चाँडै सकारात्मक निर्णय…