१४ चैत्र २०८२, शनिबार | March 28, 2026

पाल्पा जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो, सबैको सनाखत

बुटवल । पाल्पामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । तानसेन नगरपालिकाको डुम्रेबाट डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार अपराह्न ४ः५० बजे पाल्पाको मस्यामस्थित इको फर्महाउस नजिकै दुर्घटना हुँदा ७ महिला र ३ पुरुषको मृत्यु भएको हो । अरु १६ जना घाइतेको उपचार भइरहेको छ…