१२ बैशाख २०८३, शनिबार | April 26, 2026

भुमाफियाबाट आफुहरुलाई जोगाउन बुटवल ११ का १३२० घरधुरीद्वारा सहयोगको याचना



बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरका अव्यवस्थित बसोबास गर्दै आएका १३२० घरधुरीले आफुहरुलाई भुमाफियाले विस्थापित गराउन खोजेको भन्दै सहयोगको माग गरेका छन् ।

आफुहरु उक्त स्थानमा २२ वर्षदेखि बस्दै आएको भन्दै त्यहाँका स्थानीय १३२० घरधुरीले आफुहरुले भोग गर्दै आएको जग्गामा आफुहरुकै अधिकार हुने भन्दै भुमाफियाबाट आफ्नो जग्गाको रक्षा गरि दिन संचारकर्मीहरुसँग गुहार मागेका हुन् ।

उनीहरुले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि सोझा जनतालाई लालपुर्जा दिन्छु भनेर केहीले पैसा उठाउने र खाने गरेको र लालपुर्जाको लोभ देखाउँदै अहिले केही भुमाफियाले आफुहरुलाई विस्थापित गराउन खोजेको भन्दै न्याय दिनु पर्ने माग गरेका हुन् ।

स्थानीय दुर्गा एकता टोल विकास संस्था, बुद्धटोल विकास संस्था, शिवालय टोल विकास संस्था, अक्लापुरी टोल विकास संस्था र जागरण टोल विकास संस्थाका नागरिकले बास्तविकता बाहिर ल्याएर भुमाफियाबाट आफुहरुलाई जोगाउन माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा दुर्गा एकता टोल विकास संस्थाका अध्यक्ष देवी पौडेलले २०५९ साल माघ २८ गतेदेखि अव्यवस्थित रुपमा करिब १३ सय २० घरधुरि हकभोग गरि उक्त स्थानमा घर बनाई बस्दै आएकालाई विस्थापि गर्न खोजिएको बताइन । उनले बुटवल ११ को साविक नक्सा सिट नं. बुटवल ९-ग कित्ता नं १५७/१५८/१५९/१६० र १७१ को जग्गा २०३८ सालको बाढि पश्चात खालि रहेको र उक्त जग्गामा आफुहरु बस्दै आएको बताइन ।

उनले २०७७ सालमा उक्त किन्तामा बसोबास गर्नेहरुले अव्यवस्थित भुमिहिन सुकुम्बासी आयोग मार्फत फर्म भरेर निस्सा समेत पाईसकेको अवस्थामा अहिले वडा नम्बर ११ का केही भुमाफियाको मिलिमतोमा किर्ते रुपमा टोल अध्यक्ष, केही अगुवा भनिने भुमाफियाहरुको मिलेमतोमा उक्त कित्ताहरुको जग्गामा बसोबास गर्नेहरुलाई जरगाधनी प्रमाणपुर्जा उपलब्ध गराईदिनेछौ भनि रकम असुलेको बताइन ।

उक्त घरधुरि मध्य किल कित्ता न १५७ बाट ४८ घरधुरिलाई प्रत्येक घरबाट एकलाख पच्चीस हजारको दरले २०७५ सालमा वुझेको र कित्ता न १५८ बाट छ लाखदेखि आठ लाख सम्म पैसा उठाई बसोबास गरेकालाई जग्गाधनी बनाउने लालच देखाई भ्रम फैलाएर नक्कली किर्ते साहु खडा गरेको उनले पत्रकार सम्मेलनमा बताइन ।

पत्रकार सम्मेलनमा स्थानीय प्रकाश काफ्लेले आफुहरु बीस वर्षदेखि बस्दै आएको जग्गामा अहिले नक्कली साहु खडा गरी भुमाफियाले आफुहरुलाई विस्थापित गराउन खोजेको आरोप लगाए । आफुहरुले हकभोग गर्दै आएको जग्गामा आफुहरुकै अधिकार हुने भएकाले सत्यतथ्य पत्ता लगाएर आफुहरुलाई भुमाफियाबाट विस्थापित हुनबाट जोगाउन संचाकर्मीसँग आग्रह गरे ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य नहकुल शाहीले कुनै पनि व्यक्तिले अहिले आएर लालपूर्जा छ भन्दै दाबी गर्नु आफैमा छानबिनको विषय भएको बताए । उनले भुमाफियाहरूले उक्त क्षेत्रको जग्गा पटक पटक नक्कली लालपूर्जा खडा गरी मालपोतमा समेत पास गरेको घटना सार्वजनिक भएको अवस्थामा अहिलेको पनि विषय आएको भन्दै यसमा निष्पक्ष छानविन गर्नुपर्ने बताए । उनले कोही व्यक्ति लालपुर्जा छ भन्दै आएमा उनीहरूको पक्षमा वडाले सर्जिविन मुचुल्कामा सहभागी नहुने समेत बताए ।

शुक्रबार स्थानीय आधा दर्जन टोल विकास संस्थाले जारी गरेको प्रेस विज्ञप्तीमा बुटवल उपउपमहानगरपालिका वार्ड न ११ ले २०७७ सालमा भूमिहिन सुकुबासी आयोग मार्फत फर्म भरि निस्सा समेत बाडेको जग्गालाई पुन बुटवल उपमहानगरपालिका वार्ड न. ११ बाट नै ९-ग कित्ता न १५८ ०-१७-०९ लिल वहादुर विश्वकर्मा ९-ग किल्ला न १५७ को ०-१८-१४ अशोक सिह सुहागन र कित्ता न १७१ को ३-०-० विनोद बहादुर सार्कीको नाम तथा क्षेत्रफल समेत किटान गरि व्यक्तिको नाउमा मिति २०७८ मालमा सुचना जाहेर गरि किर्ते साहुलाई सहयोग गरेको आशंकामा सम्पूर्ण टोल विकाश सस्थाको सहकार्यमा वडा कार्यालयबाट सिफारीस लिई नापि कार्यालयको रेकर्ड हेदां ९-ग कित्ता नं. १७१ र १५७ को श्रेष्ता मा रेकंड नभएको १५८ सरकारको नाममा रहेको कित्ता न. १५९ र १६० जिल्ला विकाश समितिको नाउँमा रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ८ : १७ बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा