१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

मालपोत बाँकेमा लाइसेन्सवाला समूहको असुली धन्दा

नेपालगन्ज । सरकारले मालपोत लगायतका कार्यालयहरूबाट बिचौलिया हटाउने निर्णय गरेसँगै त्यस्ता कार्यालयहरूमा अनुमति प्राप्त व्यक्ति र संस्थाहरूको 'सेण्डीकेट' सुरु भएको छ । बिचौलियाहरूले प्रतिस्पर्धामा सस्तो शुल्कमा गरिदिने काम अनुमति प्राप्त संस्थाहरूले दर रेट नै टाँसेर ‘लुटधन्दा’ मच्चाउन थालेका छन् । सरकारी कार्यालयहरूबाट बिचौलियाहरूको अन्त्य गरिएको नाममा सेवाग्राहीहरूले चर्को मूल्य चुकाउनुपर्ने बाध्यता त्यस्ता कार्यालयहरूमा सुरु भएको…