३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

धादिङको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते, ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो



काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा डीएसपी प्रकाश दाहालका अनुसार गएराति साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१-००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१-००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि उक्त बसलाई वीरगञ्जतर्फ जाँदै गरेको अर्को बसले पुनः पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा तीनवटै सवारी साधनमा सवार ६८ यात्रुमध्ये ३७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाले बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा उपचारपछि डिस्चार्ज पाइसकेका छन् भने बाँकी ३४ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १९ जनालाई राष्ट्रिय ट्रमा सेन्टर र ९ जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो । स्थानीय अस्पतालमा उपचार गराइरहेका थप ६ जनालाई पनि पछि काठमाडौं रिफर गरिएको छ ।

दुर्घटनामा संलग्न दुई वटा बस र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ८ : १४ बजे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका