काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बिहान ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचीमा रहेको छ । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले…