६ असार २०८१, बिहिबार | June 20, 2024

सगरमाथाको उत्तरी फेदीमा तरकारी र फलफूलको सुगन्ध

४००० मिटर उचाइमा बस्ने तिब्बती किसानको सफलताको कथा



“करिब २० वर्ष पहिले, हामी हरितगृहग्रीनहाउसमा रोपेका टमाटर र हरियो खुर्सानी देखेर धेरै ईष्या गर्दथ्यौं । हामीले सोथ्यौं कि यदि हामी आफैले रोप्यौं भने हामी सफल हुनेछैनौं।” पेन्बा डोन्ड्रपको सम्झनामा, तरकारी रोप्नु नयाँ र अझ गाह्रो कुरा थियो । पेन्बा डोन्ड्रुप सिगात्से शहरस्थित बैनाङ काउन्टीको बाजा टाउनशिप अन्तर्गत पेङ्काङ गाउँका पूर्व पूर्व पार्टी सचिव हुन् ।

सन् १९९५ मा सान्डोङ प्रान्तको तिब्बत-सहायता कार्यकर्ताको पहिलो समूहले बैनाङमा तरकारी उद्योगको विकास गर्ने प्रयास गरेको थियो । सन् १९९८ मा सोही प्रान्तको तिब्बत-सहायता कार्यकर्ताहरूको दोस्रो समूहले हरितगृह तरकारी खेती शुरू ग-यो र परीक्षण रोपण सफल भयो । २० वर्ष भन्दा बढीमा, सानडोङ प्रान्तका तिब्बत सहायता कार्यकर्ताहरूको समूहले समुन्द्री सतहबाट करिब ४ हजार मिटरको उचाइमा तरकारी रोप्ने खाका कोर्ने अनवरत प्रयासहरू गरे, जसले किसान र गोठालाहरूलाई पाकेको फलको मिठासको आनन्द दिइ तरकारी र फलफूल रोप्ने प्रविधि सिकाउन सक्षम भयो ।

के औसत ४,००० मिटरभन्दा बढी उचाइमा पठारमा तरकारी खेती गर्न सकिन्छ ? सन् १९९८ मा तिब्बती पठारमा ६ वटा हरितगृहको सफलतापछि मात्रै स्थानीय मानिसहरूले बिस्तारै यो नयाँ कुरालाई स्वीकार गरे । सन् २००१मा सानडोङ प्रान्तको जिनान शहरबाट पुगेको तिब्बत- सहायता कार्यकर्ताहरूको तेस्रो समूहले सहायता कोष खोज्यो र पेङ्काङ गाउँमा वटा ग्रीनहाउसहरू निर्माण गर्यो । त्यसबेलादेखि लाबा टाशी नामका एक गाउँलेले उनीहरूबाट प्रविधिहरू सिक्न थाले । “उनीहरूले (तिब्बत-सहायता कार्यकर्ताहरुले) हामीलाई धेरै सावधानीपूर्वक सिकाए र हामीलाई मार्गदर्शन गरे ।“ लाबा टासीले भने । दुई वर्षको सिकाईपछि गाउँका प्रत्येक घरमा ७० वटा हरितगृह बाँडियो । लाबा टासीको परिवारले पनि ३ वटा ग्रीनहाउस पाएको थियो ।

“त्यतिबेला, हामीले काँक्रो र टमाटरहरू रोप्यौं । हामीले केही आफ्नो लागि राख्यौं, र ती मध्ये धेरै उत्पादन सिगात्सेमा वेचेका थियौं ।” लाबा टाशीले हरितगृहको आम्दानी हजारौं युआन पुग्न सक्ने कुरा सम्झाए ।

काउन्टी सहरमा काम गर्दा दैनिक ६ युआन मात्र कमाउने तुलनामा गाउँलेहरू बिस्तारै तरकारी खेतीमा संलग्न हुन थालेका छन् । सन् २०११ मा पेङ्काङ गाउँको प्रतिव्यक्ति आय १० हजार युआन नाघेको थियो ।, जो बैनाङ काउन्टीमा पहिलो र एक मात्र १० हजार युआन प्रतिव्यक्ति आय भएको गाउँ बन्यो ।

“गत वर्ष तरकारी खेतीबाट मेरो परिवारको आम्दानी करिब ५० हजार युआन थियो । हामी गर्मीमा खरबुजा र जाडोमा तरकारी फलाउँछौँ ।” लाबा टाशी भन्छन्, “विगतमा गाउँका किसानहरु तरकारीले भरिएको टोकरी बोकेर त्यसलाई शहरमा बेच्न बस कुरेर बस्ने गर्थे तर अहिले हरेक घरपरिवारले तरकारी बेच्न आफ्नै गाडी चलाउँछन् ।”

सन् २०२१ मा पेङ्काङ गाउँको प्रतिव्यक्ति आय २९ हजार २०० युआन पुग्यो । जसमा फलफूल र तरकारीको योगदान ५२ प्रतिशत थियो । अहिले यो गाउँमा फलफूल तथा तरकारी उद्योग बलियो स्तम्भ उद्योग भएको छ, जसले गाउँलाई परिचित गराउन सफल भएको छ ।

सेतो गुच्चि च्याउ छाता जस्तै बनौटमा जमिनबाट निस्कन्छ । हाँगाहरूमा रहेको रातो चेरीहरूले पर्यटकहरूलाई छान्न र स्वाद लिन आकर्षित गर्दछ । पेङ्काङ गाउँ र माउन्ट छोमोलोङ्मा (सगरमाथा) आधुनिक कृषि विज्ञान तथा प्रविधि इनोभेसन एक्स्पो पार्कको हरितगृहमा सबै प्रकारका फलफूल र तरकारीहरू सन्तोषजनक रूपमा बढिरहेका छन् । एक समयको परम्परागत खेती गर्ने क्षेत्र मूला, बन्दागोभी र आलुको “पुरानो तीन“ लाई बिदाइ गरिसकेको छ, र तरकारी एवं फलफूलको एक प्रसिद्ध ठाउँ बन्न पुगेको छ ।

तिब्बतको पहिलो दुर्गम कम्प्लेक्स राष्ट्रिय 4A – स्तरको रमणीय स्थल (माउन्ट छोमोलाङ्मा आधुनिक कृषि विज्ञान र प्रविधि इनोभेसन एक्सपो पार्कमा जोङजी र उनका पति हु जियान तरबुजाको सेक्सनमा काम गरिरहेका छन् । जोङ जी यहाँ ५ वर्षदेखि काम गर्दै आएकी छिन् । उनले बीऊको तापक्रम र आर्द्रता मापन गर्नका साथै तरकारी र फलफूलको हेरचाह गर्न सिकेकी छिन् । उनले पत्रकारहरूलाई बताइन् कि उनीहरूले पहिले घरबाट धेरै टाढा भित्री मंगोलियामा काम गरेका थिए, तर उनीहरूले धेरै कमाउन सकेनन् । तर तिब्बत आएपछि धेरै कुरा फेरिएको छ । “म यहाँ प्रति महिना ५,००० युआन कमाउँछु । यो मेरो घर नजिक छ, र म प्रविधिहरू सिक्न सक्छु ।“ जोङजीले भनिन । उनी र उनका पति हु जियानले थप प्रविधिहरू अध्ययन गर्ने र भविष्यमा हरितगृहहरूमा फलफूल र तरकारीहरू रोप्न गान्सु फर्कने योजना बनाएका छन् ।

(४००० मिटर उचाइमा बस्ने तिब्बती किसानको यो सफलताको कथाले कृषिमा कसरी राज्यको सहयोग अपरिहार्य छ भन्ने देखाउँछ । असम्भव ठानिएको उच्च हिमाली तिब्बती पठारलाई कसरी उर्बर बनाउन सकिन्छ र आत्मनिर्भर बनाउन सकिन्छ भनेर चिनिया सरकारले त्यहाँ धेरै लगानी गरेको छ । नेपालभित्र कृषि कर्ममा संलग्न किसानहरुलाई पनि यो सफलताको कथाले उत्प्रेरित बनाउन र राज्यलाई झकझकाउन मद्दत मिल्ने ठानेर तिब्बत डट सीएनमा प्रकाशित यो रिपोर्ट हामीले प्रकाशन गरेका छौं । -सं.) 

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  १० : १८ बजे

संसदमा आफ्नो सम्बोधनका क्रममा दलका शिर्ष नेताहरु उपस्थित नभएकोप्रति प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रधानमन्त्रीले बोल्दा सबै

मुहानको विवादले सङ्कटमा सिदिन-याङनाम खानेपानी योजना

पाँचथर । मुहान क्षेत्रका बासिन्दाले संरचना निर्माण गर्न र पानी

प्रतिनिधिसभा बैठक : दुग्ध किसानको माग सम्बोधन गर्न ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले आन्दोलनरत दुग्ध किसानको माग सम्बोधन, देशभरका सडक

साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रण गर्न जस्तोसुकै उपाय अपनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरित धार्मिक तथा

सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन गरी विश्लेषण उच्चस्तरीय जाँचबुझ समिति गठन गरिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरबाट सहकारीसम्बन्धी उजुरी र