काठमाडौं । काठमाडौं उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौं उपत्यकाको वायुप्रदूषण १६३ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौं विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ । पहिलो स्थानमा १६७ एक्यूआईसहित चीनको बेइजिङ…