काठमाडौं । आफ्नै पार्टी सभापतिप्रति बगावत गर्दै कोशीमा एमालेसँग मिलेर आफ्ना नेतालाई मुख्यमन्त्री बनाएपछि कांग्रेस नेता शेखर कोइरालाले बालुवाटार पुगेर गठबन्धनमा प्रतिवद्ध भएको कागजमा सही गरेका छन् । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच आज बिहान गठबन्धनलाई कमजोर हुन नदिने विषयमा…