काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन यही वैशाख २४ गते बोलाउन सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले बैशाख २४ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । बजेट अधिवेशनमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पेश र पारित हुनेछ । संविधानअनुसार हरेक वर्ष जेठ…