काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज काठमाडौँबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ को राजमार्गबाट त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।…