१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

एनआरएनए यूकेको साधारणसभामा राजदूत आचार्य नआएपछि आक्रोश

लन्डन । एनआरएनए यूकेको शनिबार अल्डरसटमा सम्पन्न साधारणसभामा प्रमुख अतिथिको रूपमा सहभागी हुन ‘कन्फर्म’ गरिसकेका राजदूत ज्ञानचन्द्र आचार्य अन्तिम समयमा अनुपस्थित भएपछि उनीप्रति आयोजक र सहभागीले आक्रोश पोखेका छन्। कार्यक्रममा सहभागी बेलायतस्थित झन्डै तीन दर्जन नेपाली संघसंस्थाका प्रतिनिधिले संयुक्त वक्तव्य जारी गर्दै राजदूतको भूमिकाप्रति खेद व्यक्त गरेका छन्। विभिन्न ३३ वटा संस्थाका अध्यक्ष एवं प्रतिनिधिले…