७ जेष्ठ २०८१, सोमबार | May 21, 2024

विद्यालयस्तरबाटै ‘पढ्दै र कमाउदै’ एनआरएनए परियोजना

लन्डन । विद्यालयस्तरका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पढ्दै र कमाउदै परियोजना सञ्चालनमा ल्याउने भएको छ । परियोजनाका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव रामशरण सिमखडाका अनुसार विद्यालयस्तरका बालबालिकाहरुलाई व्यवासायिक शिक्षामार्फत् आत्मनिर्भर बनाउन लागिएको हो । गैरआवासीय नेपाली संघको 'पढ्दै र कमाउँदै' परियोजनाको अनुमानित बजेट १० करोड रुपैयाँ हुने र…