ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले खोकना आरोग्य आश्रमका ज्येष्ठ नागरिक र तिनका कुरुवालाई न्यानो कपडा वितरण गरेको छ। दक्षिणकाली २ खोकानामा रहेको नेपाल कुष्ठरोग निवारण संघबाट सञ्चालित खोकना आरोग्य आश्रममा उपाचारत दुई सय २५ जना ज्येष्ठ नागरिक कुष्ठरोगी विरामी र तिनका कुरुवालाई न्यानो कपडा वितरण गरेको हो। ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै…