२१ भदौ २०८३, आइतबार | September 7, 2026

विभिन्न आश्रम तथा सामाजिक संस्थालाई आर्थिक सहयोग



काठमाडौं । अमेरिकामा सञ्चालित संस्था फ्रिडम एडल्ट डे केयर र एसएनके एजुकेशनले नेपालका विभिन्न सामाजिक संस्था तथा आश्रमलाई आर्थिक सहायता प्रदान गरेका छन् ।

अमेरिकामा सञ्चालित डे केयरका प्रमुख कार्यकारी अधिकृत टीका अधिकारी र अर्का समाजसेवी एवं एसएनके एजुकेशनका संस्थापक कृष्ण रेग्मीले नेपालमा बालबालिका तथा बृद्धाश्रमका साथै विभिन्न संस्थालाई आर्थिक सहयोग उपलब्ध गराएका हुन्।
उक्त डे केयरले अमेरिकामा बृद्ध बाआमालाई सेवा प्रदान गर्दै आएको छ भने एसएनके एजुकेशनले अमेरिका र क्यानाडामा रहेका नेपाली भाषी बालबालिकालाई नेपाली भाषा, नेपाली संस्कार र संस्कृति सिकाउँदै आएको छ ।

उनीहरुले ललितपुर महानगरपालिका नख्खुडोलमा अवस्थित तुलसालय आश्रमलाई रु एक लाख, समता फाउन्डेसनलाई रु ५० हजार, लोकगीत कार्यक्रम सञ्चालक संस्था इन्द्रेणीलाई रु ५१ हजार तथा बालआश्रम सञ्चालक नन्दा सिंह प्रसाईंलाई रु २ लाख ४० हजार र शंखर सुलेमान (इकु)को संस्थालाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराएका हुन्।
केही अघि नेपाल आएका उनीहरुले यी संस्थाहरुले गरेको समाजसेवाको कार्यको प्रसंशा गर्दै सो सहयोग गरेका हुन् ।

तुलसालय समाजसेवी सरु सुवेदीले आफ्नी अल्पायूमै निधन भएकी आमाको स्मृतिमा स्थापना गरेका हुन् । तुलसादेवी हरिहर फाउन्डेसनद्धारा सञ्चालित सो आश्रममा बालबालिका, बेसहारा बाआमा र मानसिक रोग भएकाहरु आश्रित छन् ।
हालै काठमाडौँमा सो सहयोग हस्तान्तरण गरेपछि तुलसालयकी अध्यक्ष सुवेदीले बालबालिकालाई शिक्षादीक्षाका साथै आश्रममा आश्रित बाआमाहरुका लागि आवश्यक खाद्यान्नकै समस्या परिरहेका बेला उहाँहरुको सो सहयोगबाट ठूलो राहात मिलेको बताए ।

अमेरिकामा रहने समाजसेवीहरु टीका अधिकारी र कृष्ण रेग्मीले आफूहरुको सहयोग ती संस्थाहरुलाई पर्याप्त नभए पनि यसबाट उनीहरुलाई सामान्य रुपमा भएपनि राहात पुगोस् भनेर उक्त सहयोग उपलब्ध गराएको र आगामी दिनमा पनि यस्तो समाजसेवाको कामलाई निरन्तरता दिने धारणा राखे ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १२ : १२ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त