२ श्रावण २०८३, शनिबार | July 19, 2026

चुनावले दिँदैन खान, वैदेशिक रोजगारीमा जानेलाई छैन चासो चुनावको

असोजमा मात्र ६२ हजारभन्दा बढीले लिए श्रम स्वीकृति



काठमाडौं ।  देशमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा रोजगारीको खोजीमा देश छोडेर विदेश जानेको संख्या बढ्दै गएको छ ।

मंसिर ४ गते देशभर एकसाथ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । तर मतदाता भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार गत असोज महिनामा मात्र वैदेशिक रोजगारीमा जानको लागि ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमध्ये ५७ हजार २९६ जना पुरुष छन् भने ५ हजार ४१० जना महिला ।

वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढीले मलेसिया जानको लागि असोज महिनामा श्रम स्वीकृति लिएका छन् । असोजमा मलेसिया जान २७ हजार ६२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

यस्तै युनाइटेड अरब इमिरेट्स जान ७ हजार ८४५, साउदी अरेबिया जान ६ हजार ५३६, कतार जान ९ हजार ८४५, दक्षिण कोरिया जान १ हजार ९१८, रोमानिया जान १ हजार १८०, माल्टा जान १ हजार १२ र कुवेत जान ३ हजार ४९७ जनाले श्रम स्वीकृति लिएका छन् ।

आर्थिक वर्ष २०७९/८० सुरु भएपछि वैदेशिक रोजगारीमा जान साउनमा ३८ हजार २००, भदौमा ७६ हजार ४०३ र ६२ हजार ७०६ गरी कुल १ लाख ७७ हजार ३०९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १० : ११ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल