१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

नेपाल–जापान सम्बन्ध अझ सुदृढ बनाउन आफ्नो भ्रमण केन्द्रित : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् । पाँचदिने जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पत्रकारसँगको कुराकानीमा नेपाल–जापान सम्बन्धका बारेमा त्यहाँका राजनीतिक दलका नेतासँग आफूले छलफल गर्ने बताए । “उच्चस्तरीय भ्रमणले सकारात्मक माहोल बन्छ, दुई देशबीचको सम्बन्धलाई…