६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

दक्षिण कोरियामा प्रवासीको सङ्ख्या पाँच वर्षयताकै कम

सोल । दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । मङ्गलबार प्रकाशित एक सरकारी तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको सङ्ख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका कारण प्रवासीको सङ्ख्या कम भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । गत मार्चको गणनाअनुसार कोरियामा प्रवासीको सङ्ख्या…