१८ माघ २०८२, आइतबार | February 1, 2026

राजदूत शर्माले भारतीय राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । शर्मालाई केही साता अघि मात्र सरकारले भारतको लागि नपाली राजदूत नियुक्त गरेको थियो ।