१२ बैशाख २०८१, बुधबार | April 24, 2024

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस काठमाडौंमा



काठमाडौं । डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका छन् । उनी भारत हुँदै नेपाल आएका हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आएका हुन् ।

डब्लुएचओका महानिर्देशक गेब्रेयससको नेपाल भ्रमण टोलीमा डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा पूनम क्षेत्रपाल सिंह र डब्लुएचओका अन्य पदाधिकारीहरु रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमणमा रहँदा महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उनले परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग पनि भेट गर्नेछन् ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ३ : ०४ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।