२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

क्रसकन्ट्री दौडमा नेपाली टोली च्याम्पियन

पोखरा । पोखरामा आज सम्पन्न नेपाल–पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगितामा नेपाली टोली च्याम्पियन बनेको छ । चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको प्रतियोगितामा टिम इभेन्टको ४० किलोमिटरको प्रतिस्पर्धामा नेपाली टोलीका सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बूको टोली च्याम्पियन बन्दै नगद रु तीन लाख ६० हजार पुरस्कार पाएको छ ।…