३० भदौ २०८३, मंगलबार | September 15, 2026

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै



काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछानेले बुधबार प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्न लागेका हुन् । भ्रमणका क्रममा उनले भारतीय सत्तारुढ दलका शीर्ष नेताहरूसँग विभिन्न राजनीतिक तथा कूटनीतिक विषयमा छलफल गरिरहेका छन् ।

यसअघि मंगलबार नयाँ दिल्लीस्थित भाजपा केन्द्रीय कार्यालयमा सभापति लामिछानेले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले तथा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

त्यसैगरी उनले भारतका विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल-भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलबीचको सम्बन्ध विस्तारका विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।

रास्वपाका अनुसार भ्रमणको मुख्य उद्देश्य नेपाल-भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै लोकतान्त्रिक मूल्य-मान्यतासम्बन्धी संवादलाई विस्तार गर्नु रहेको छ ।

भेटवार्ताका क्रममा दुवै देशका राजनीतिक दलहरूबीचको सहकार्य, संगठन निर्माण, जनसम्पर्क विस्तार, विकासमुखी सुशासन तथा समकालीन राजनीतिमा युवा नेतृत्वको भूमिकाबारे अनुभव आदानप्रदान भएको बताइएको छ ।

भारत भ्रमण टोलीमा सभापति लामिछानेसहित रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरा सहभागी छन् । उक्त टोली जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ७ : ३३ बजे

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि