काठमाडौं । भारत र चीनका विदेशमन्त्रीहरु सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सहमत भएका छन् । साङ्घाई कोअपरेशन अर्गनाईजेशन एसईओको बैठकमा भाग लिन मस्को पुगेका भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीले सीमामा भैरहेको तनावपूर्ण अवस्थालाई घटाउन ५ बुँदे सहमति गरेका हुन् । सहमतिमा सीमा व्यवस्थापनमा अहिलेसम्म भएका सम्झौता र प्रोटोकलको पालना गर्दै…