१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सार्क विदेशमन्त्रीस्तरीय बैठकमा भारत र पाकिस्तानको ‘तुँ तुँ मै मै !’



दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको गत बिहीबार भएको बैठक भारत र पाकिस्तानका विदेश मन्त्रीहरुबीचको आरोप प्रत्यारोपले प्रभावित भएको छ ।

नेपालले अध्यक्षता गरेको सो १९ औं वार्षिक भर्चुअल बैठक दुई दुश्मन मुलुकबीचको आरोप प्रत्यारोपमा व्यतित भएको हो ।

दुई देशले एक अर्काको नाम त लिएनन, तर अप्रत्यक्ष रुपमा एक अर्को देशलाई आरोपित गरेर समय व्यतित गरेका थिए । सार्कको चार्टरअनुसार दुई पक्षीय मामिलाको विषयमा छलफल हुन सक्दैन ।

बैठकमा भारतका विदेशमन्त्री एस जयशंकरले आतंकवादको संकटबाट मुक्त पाउन सामुहिक रुपले काम गर्नुपर्ने बताएका थिए । उनले आतंकवादलाई प्रोत्साहित गर्ने, सहयाता दिने शक्तिलाई परास्त गर्न प्रतिवद्धता जनाउनुपर्ने बताएका थिए । सामुहिक सहयोग एवं समृद्धिका सार्कको उद्देश्यमा व्यवधान फैलिएको उनको जिकिर थियो ।

जवाफमा पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले सार्कमा लामो समयदेखि चल्दै आइरहेको विवादबारे लामो मन्तव्य दिएका थिए । विदेशमन्त्री कुरैशीले जम्मु काश्मिरको नाम नलिइकन धारा ३७० हटाएको विषयमा गम्भीर आपत्ति प्रकट गरे ।

एकपक्षीय रुपमा अवैध ढंगले विवादास्पद क्षेत्रको यथास्थितिमा गरिएको परिवर्तनको सबैले विरोध गर्नुपर्ने पाकिस्तानी विदेशमन्त्री कुरैशीको जिकिर थियो । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्रस्तावलाई उल्लंघन गरिएको उनले जिकिर गरे । सुरक्षा परिषद्ले जम्मु काश्मिरलाई विवादास्पद क्षेत्र मान्दै आएको छ ।

कुरैशीले लामो समयदेखि चलिरहेको विवादका कारण आम मानिसको मानवअधिकारको उल्लंघन भएको विषयलाई समेत गम्भीरतापूर्वक उठाएका थिए ।

बैठकको अध्यक्षता नेपालले गरेको थियो । बैठकमा अफगानिस्तान, बंगलादेश, भूटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तान र श्रींलंकाका विदेशमन्त्रीहरु सहभागी थिए ।

यद्यपी, सो बैठकमा सबै सार्क देशले कोरोना भाइरस विरुद्ध लड्न सहयोग गर्ने विषयमा प्रतिवद्धता जनाएका छन् ।

दक्षिण एशियाका सात देश मिलेर ८ डिसेम्बर १९८५ मा सार्कको स्थापना भउको थियो । सार्कको उद्देश्य दक्षिण एशियामा आपसी सहयोग शान्ति एवं प्रगति हासिल गर्नु रहेको छ ।

यद्यपी, भारत र पाकिस्तानबीचको जन्मजात शत्रुतापूर्ण विवादका कारण सार्क प्रभावित बन्दै आएको छ । दुई आणविक शक्ति सम्पन्न मुलुकबीच जम्मु–काश्मिरको विषयलाई लिएर ३ पटक युद्ध भैसकेको छ ।

भारतले आफ्नो मुलुक विरुद्ध पाकिस्तानले आतंकवादलाई संरक्षण गरेको आरोप लगाउने गरेको छ । पाकिस्तानले आफ्नो मुलुक विरुद्ध भारतले आतंकवादी आक्रमण गराएको आरोप लगाउने गरेको छ ।

आतंकवादसम्बन्धी दुवै मुलुकको आआफ्नै व्याख्या छ । भारतका विभिन्न शहरमा काश्मिरी उग्रवादीले आतंकवादी आक्रमण गर्छन् । त्यसमा पाकिस्तानले प्रत्यक्ष सहयोग गरेका भारतले दाबी गर्छ ।

पाकिस्तानको वलोचिस्तान प्रान्त लगायतका विभिन्न स्थानमा वलोच उग्रवादीले आतंकवादी आक्रमण गर्छन् । वलोचिस्तान टुक्रयाउन भारतले षड्यन्त्र गरेको र वलोच उग्रवादीलाई सहयोग गरेको पाकिस्तानले जिकिर गर्छ ।

दुई मुलुकको कटुतापूर्ण छायाँमा सार्क परिरहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ९ : ०७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान