काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई छिमेकी मित्रराष्ट्र भारतका राजदूतले बधाई दिएका छन्। भारतीय राजदूत विनयमोहन क्वात्राले बुधरबार प्रधानमन्त्री देउवालाई भेटेर बधाई दिएका हुन् । देउवा भेट्न राजदूत क्वत्रा बिहान साढे १० बजे बुढानिलकण्ठ पुगेका थिए । त्यसक्रममा क्वत्राले भारत र नेपालबीचको मित्रताको चर्चा गर्दै देउवासँग थप मिलेर काम गर्न भारत तयार भएको बताएका थिए ।…