२१ बैशाख २०८३, सोमबार | May 4, 2026

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

तीन दिने भारत भ्रमण क्रममा शुक्रबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री देउवा मोदीलालई भेट गर्न हैदराबाद हाउस पुगेका छन् ।

दुई प्रधानमन्त्रीबीच नेपाल भारतका सम्बन्धका विविध आयामका विषयमा छलफल भएको छ ।

दुई मुलुकबीच विगत केही वर्षयता देखिएको चिसोपना देखिएपनि अघिल्लो वर्षदेखि पुनः सम्बन्ध सहज बन्दै गएको छ । २०७५ सालपछि दुई देशका प्रधानमन्त्रीबीच पहिलो पटक भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवाको पाँचौं पटकको प्रधानमन्त्रित्वकालमा यो पहिलो औपचारिक विदेश भ्रमण पनि हो ।

प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच भेटवार्ता सकिएलगत्तै दुई पक्षीय प्रतिनिधिमण्डलबीच विभिन्न विषयमा सहमति सम्झौता हुने भएको छ । त्यसलगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ ।

दुईपक्षीय भेटवार्तापछि केही बेरमा हैदरावाद हाउसबाटै दुवै देशका प्रधानमन्त्रीले जनकपुर जननगर रेल सेवाको उद्घाटन कार्यक्रम गर्ने कार्यक्रम रहेको छ । दिल्लीबाट दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएपछि नेपाल रेल्वे कम्पनीको रेल जनकपुरबाट गुड्न सुरु गर्नेछ । भोलिदेखि औपचारिक रुपमा आम सर्वसाधारणका लागि रेल सेवा प्रारम्भ हुनेछ ।

यसअघि प्रधानमन्त्री देउवाले आज बिहान राजघाट पुगेर महात्मा गान्धीको समाधीस्थलमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

प्रधानमन्त्री देउवासँग शुक्रबार भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेट गरेका थिए । देउवा भारतीय जनता पार्टीको मुख्यालयमा पुगेर अध्यक्ष जेपी नड्डासँग भेट गरेका थिए । देउवाले शुक्रबार साँझै दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

 

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : ५३ बजे

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट

बागमतीका मुख्यमन्त्री बानियाँको घर-कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो

२८ नागरिक अगुवाको निस्कर्ष – बालेन्द्र सरकार सर्वसत्तावाद उन्मुख

काठमाडौं । २८ जना नागरिक अगुवाहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

राष्ट्रपतिबाट फिर्ता अध्यादेश पुनः जारी गर्न जस्ताको त्यस्तै सिफारिस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक