१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले  उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् । दुईदिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आएका सचिव क्वात्राले मंगलबार उप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् । सिंहदरवारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरुबीच दुईदेशबीच भएका सन्धि सम्झौता, नेपालको आर्थिक विकासलगायतका विषयमा कुराकानी भएको छ ।…