काठमाडौं । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिजाङ (तिब्बत) स्वायत्त प्रदेशका अध्यागमन विभागका महानिर्देशक वाङ सीहोङबीच मङ्गलबार महावाणिज्य दूतावासमा भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूले गत असारमा ल्हेन्दे खोलामा गएको बाढीका कारण क्षतिग्रस्त भोटेकोसीको मितेरी पुल निर्माण सकेर भोलिदेखि रसुवा नाका सञ्चालन हुन लागेमा खुशी प्रकट गर्दै यसबाट नेपाल-चीन सम्बन्ध अझ सुमधुर बन्ने…