धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र र लोकतन्त्रलाई बचाउन सत्तागठबन्धनका उम्मेदवारलाई जिताउनु आवश्यक रहेको बताएका छन् । आइतबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको प्रदेशस्तरिय संयुक्त भेलामा बोल्दै उनले एमालेसहितको गठबन्धनले जिते देश अस्थिरताको भुमरीमा फस्ने र अहिलेका उपलब्धि गुम्ने खतरा रहेको भन्दै त्यस्तो जोखिमबाट बचाउन वाम लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताए । सत्तागठबन्धनले हारेमा…