४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको मतपत्रको पृष्ठभूमि रङ सेतो हुने



काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रङ सेतो रहेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिन्ह र अन्य विवरणका लागि कालो रङ प्रयोग भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिन्ह र अन्य विवरणको रङ रातो मसीको रहेको आयोगको भनाइ छ ।

निर्वाचन आयोगले शुक्रबारसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न गरेको छ । तिहारअघि थप ६ वटा जिल्लाको मतपत्र ढुवानी गरिने छ । बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लाको मतपत्र भने तिहारपछि मात्र ढुवानी हुनेछ ।

पछिल्लो विवणअनुसार हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कुल एक करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । जसमध्ये प्रदेश सभाका लागि ७५ लाख २५ हजार र प्रतिनिधिसभातर्फ ७५ लाख ९९ हजार मतपत्र रहेका छन् ।

हालसम्म प्रतिनिधिसभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, अछाम, कैलाली, कञ्चनपुर, रोप्पा, प्यूठान, दाङ, रुकुम पूर्व, अर्घाखाँची, गुल्मी, बर्दिया र नवलपरासी पश्चिमलगायतका जिल्लाहरूको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १ : ३८ बजे

नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी

नारायणगढ । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो

निर्माण व्यवसायीले दिए मुलकभरका विकास निर्माणको काम ठप्प पार्ने चेतावनी

नेपालगन्ज। बिगत २ सातादेखि आन्दोलनमा उत्रिएका बाँकेका निर्माण व्यवसायीहरुले आफ्नो

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको विरोध, जेठ ५ गते दिउँसै लालटिन बालिने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा