४ पुस २०८२, शुक्रबार | December 20, 2025

जगन्नाथ खतिवडालाई पराजित गर्दै उदयपुर-२ मा एमालेका रायमाझी निर्वाचित

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा पौडेललाई पराजित गर्दै रायमाझी सांसद निर्वाचित भएका हुन् । विजयी भएका रायमाझी भएका रायमाझीले १५,२५१ मत प्राप्त गरे । यस्तै पराजित भएका खतिवडाले   १२,८९३ मत पाएका छन् ।