अछाम । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन १०–१५ वर्षसम्म जारी रहनुपर्ने बताएका छन् । चौरपाटी गाउँपालिकामा आयोजित सत्ता गठबन्धनको अन्तिम चुनावी आमसभालाई बिहीबार सम्बोधन गर्दै देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको संविधानलाई नै धरापमा पार्ने कार्यविरुद्ध गठबन्धन बनेको बताउँदै राजनीतिक स्थायित्वको लागि गठबन्धन १०–१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको बताए । समृद्धि…