२१ माघ २०८२, बुधबार | February 5, 2026

नम्बर फेरेर सरकारी गाडी दुरुपयोग गर्ने मन्त्री उमाकान्त चौधरीको गाडी नियन्त्रणमा

बारा । सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएका बारा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तथा खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रयोग गर्दै आएको सरकारी गाडी तानिएको छ । आचारसंहितामा चुनावी प्रचारमा सरकारी स्रोतसाधन प्रयोग गर्न नपाइने भए पनि मन्त्री चौधरीले मन्त्रालयले उपलब्ध गराएको सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर निजि…