काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले चिनियाँ चलचित्रकर्मीलाई नेपाल आएर छायाङ्कन गर्न निम्तो दिएका छन् । चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा ठमेलस्थित एक चलचित्र भवनमा संयुक्त रूपमा आयोजित एकदिवसीय ‘चीन चलचित्र दिवस’ को उदघाटन गर्दै उपमहासचिव पुनले नेपालमा छायाङ्कन गर्न आउने चिनियाँ…