१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

नेपाली चलचित्र दिलसराको बुटवलका च्यारिटी शो सम्पन्न



बुटवल । मगर कला र सँस्कृतिसँग जोडिएको नेपाली कथानक चलचित्र दिलसराको सोमबार बुटवलका च्यारिटी शो सम्पन्न भएको छ । नेपाल मगर महिला संघ बुटवल नगर समितिको आयोजनामा बुटवलको मिलन चलचित्र हलमा दिलसरा प्रदर्शन गरिएको हो ।

सो अवसरमा रुपन्देहीका विभिन्न संघ संस्था तथा मगर सम्बद्ध संस्थाका प्रतिनधिहरुगरी ६ सय बढीले चलचित्र हेरेका थिए । च्यारिटी शोबाट शंकलित रकमबाट मगर महिलाहरुको नेतृत्व विकास तथा संस्थागत समृद्धिका लागि प्रयोग गरिने नेपाल मगर महिला संघ बुटवल नगर समितिकी कार्यवहाक अध्यक्ष नन्दा थापाले जानकारी दिइन् । कार्यक्रममा नेपाल मगर महिला संघ केन्द्रीय अध्यक्ष हिरु राना, लुम्बिनी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष मिलन गाहा लगायतको उपस्थिती रहेको थियो ।

मीना थापाको पटकथा लेखनमा बनेको चलचित्रको कार्यकारी निर्माता मे प्रेम थापा निर्माता हर्क आले मीना थापा जुना थापा रहेकी छन् । मानोका फिल्मस् एण्ड मिडिया हाउसको ब्यानरमा बनेको दिलसरा चलचित्रको निर्देशन अशोक आले मगरले गरेका हुन् । दिलसरा अर्थात दह्रो दिल भएकी नारीको संघर्ष र सफलताको कथालाई जोडेर बनाइएको यस चलचित्रमा महिला सशक्तिकरणको विषयलाई महत्वका साथ स्थान दिइएको छ । आदिवासी जनजाति समुदायमा महिला निर्णायक भूमिकामा हुन्छन् । घरका हरेक विषयमा उनीहरुको निर्णय महत्वपूर्ण मानिन्छ भन्ने विषयलाई चलचित्रमा देखाइएको छ ।

हरेक समुदायमा कुनै न कुनै कमजोरी, कुरीति हुन्छ र यस्ता कमजोरी तथा कुरीतिलाई समय अनुसार सुधार गर्दै लैजानुपर्छ भन्ने विषयलाई यो चलचित्रले उठान गरेको छ । चलचित्रमा माया, प्रेम, लाहुरे प्रथा, परिवारको महत्व र सफल हुन महिलाले उठाएको चुनौती सहित मनोरञ्जन, समुदायगत परिवेश लगायतका विषयलाई समावेश गरिएको छ ।

चलचित्रका निर्देशक अशोक आले मगर आफूहरुले मगर समुदायसँग केन्द्रित रहेर चलचित्र भित्र महिला सशक्तिकरणको विषयलाई महत्वका साथ उठान गर्ने प्रयास गरेको बताउँछन् । चलचित्रका मुख्य कलाकार सृष्टि राना मगरले मगर रहेकी छन् ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ५ : ४२ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको