काठमाडौं । नेपाल चलचित्र संघले सर्वोच्च अदालतको आदेशसँगै ‘आदिपुरुष’बाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको छ । उच्च अदालत पाटनले २०८० असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शनमा बाधा नगर्नु नगराउनु भनी अल्पकालीन आदेश जारी गरेको थियो । उक्त आदेशको सम्मान गर्दै शुक्रबारबाटै नेपालभर हिन्दी फिल्म प्रदर्शन गर्ने निर्णय गरेको संघले…