गण्डकी । हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा अवस्थित टाँपुकैरुपमा व्यवस्थित छ, ल्होमान्थाङ । नेपालको मरुभूमि भनेर चिनिने यो ठाउँ हिमाली संस्कृति हेर्न र बुझ्न चाहनेका लागि पुग्नैपर्ने गन्तव्य हो । मौलिक संस्कृतिले भरिपूर्ण ल्होमान्थाङको भू–वनोटले पहिलोपटक यहाँ आउनेलाई सपनाको संसार जस्तै अनुभूति गराउँछ । पछिल्लो समयमा भएका राजनीतिक परिवर्तनसँगै ठाउँठाउँमा सामाजिक व्यवस्थामा परिवर्तन आए पनि…