७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा

लमजुङ । बेसीशहर नगरपालिका-२ बोहोराबेसीमा पुष्प व्यावसाय गरेकी हुमा गुरुङलाई घाम उदाएदेखि अस्ताएसम्म नर्सरीमा काम गर्न भ्याईनभ्याई छ । ‘नर्सरीको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै नर्सरीमा पानी हाल्यो, गोडमेल गर्‍याे, समय बितेको पत्तै हुँदैन,' उनी भन्छिन् । हुमा ८ वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…