हामी कोरोनाले ग्रसित स्पेनमा छौं तर सुरक्षित तरिकाले क्वारेन्टाइनमा बसेका छौं । कोरोना महामारीले तीब्र रुप लिएको स्पेनमा छौं । यहाँ हिजो एकैदिन झण्डै सातसय जनाको मृत्यु भएको छ र हजारौं संक्रमित भएका छन् । यहाँका विभिन्न सहरमा सयौं नेपाली रहेको अवस्था छ । करिब १५ दिनदेखि हामी सबैलाई क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म सुरक्षित…