म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । रघुग¬ङ्गा गाउँपालिका-१ तिप्ल्याङ बजारमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइ सडक फराकिलो बनाउने र स्तरोन्नति गर्ने काम भइरहेको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले जानकारी दिए । तिप्ल्याङको पाँच सय मिटर बजार क्षेत्रमासडक विस्तार तथा स्तरोन्नतिको काम…