१ श्रावण २०८२, बिहिबार | July 18, 2025

भारतबाट दुई नेपाली बालकको उद्धार



धनगढी । नेपाल-भारत सीमा नजिकबाट हराएका दुई बालकको उद्धार गरी नेपाल ल्याइएको छ ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-४ का दुई बालक जेठ ७ गते स्कुलबाट घर नफर्किएपछि खोजी थालिएको थियो । सहयात्री नेपाल संस्थाले विभिन्न निकायसँग समन्वय गरी बालकहरूलाई शुक्रबार नेपाल ल्याएर परिवारको जिम्मा लगाएको हो ।

उनीहरूलाई भारतको राजकीय बाल गृह, शाहजहांपुरले आश्रय दिएर राखेको थियो । उक्त सूचना पाएपछि भारत पुगेर बालकलाई फर्काइएको सहयात्री नेपालका अध्यक्ष ऋतिक शाहीले बताए ।

भारतस्थित नेपाली दूतावासको कार्यालय, मानव वेचबिखन अनुसन्धान ब्यूरो, दोधारा चाँदनी नगरपालिका र वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय दोधारासँगको समन्वयमा उनीहरूको उद्धार गरिएको हो ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ७ : ४४ बजे

खजुराको आयुर्वेदशाखाबाट गत आवमा २१ हजार २ सय १८ नागरिकलाई सेवा प्रदान

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अन्तरर्गत रहेको नागरिक आरोग्य सेवा

वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले असार मसान्तसम्म्को ऋणको

आजबाट श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौँ । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम

२ बजे सुरु भएको एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ

एन आई सी एशियाको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

काठमाडौ । एन आई सी एशिया बैंकले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको