काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त अरब एमिरेट्स (युएई) सँगको आजको खेलमा ऐतिहासिक विजय हासिल गरेका नेपाली महिला क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् । उनले महिला क्रिकेट टोलीलाई जीतका अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै निरन्तर प्रगतिको शुभकामनासमेत व्यक्त गरेका छन् । आज साँझ सामाजिक सञ्जालमार्फत अध्यक्ष…