७ आश्विन २०८३, बुधबार | September 23, 2026

आज र भोलि यी स्थानमा वर्षा र हिमपातको सम्भावना, चिसो झनै बढ्ने



काठमाडौं । मुलुकका धेरै स्थानमा शुक्रबार साँझदेखि वर्षा र हिमपात हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना छ ।

पश्चिमी न्यूनचापीय प्रणालीका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

मौसम प्रणालीको असरका कारण तापक्रम घट्न गई चिसो बढ्न सक्ने समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ७ : ३८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई