२० भदौ २०८३, शनिबार | September 5, 2026

आफै सुतेको बिस्तरामा आगो लागेर पौडेलको मृत्यु



खजुरा । बाँकेको खजुरामा आफै सुतेको बिस्तरामा आगो लागेर एक जेष्ठ नागरिकको मृत्यु भएको छ । खजुरा क्षेत्रकै पुराना बासिन्दा ९० वर्षिय रत्नबहादुर पौडेलको आगोमा जलेर मृत्यु भएको हो ।

बिहिबार राती अबेरसम्म परिवारका सदस्यहरुसंगै कुराकानी गरेर सुतेका पौडेललाई आज बिहान ४ बजेको समयमा आगोमा जलेर मृत्यु भएको अवस्थामा भेटिएका थिए । उनी सुतिरहेको कोठाबाट जलेको गन्धआएपछि ढोका खोलेर हेर्दा जलेको अवस्थामा मृत भेटिएको परिवारका सदस्यले जनाएका छन् ।

शारिरीक अवस्था कमजोर भएर हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका पौडेलको चुरोट पिउने बानी रहेको र मध्यराती चुरोट जलाउने क्रममा आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । बन्द रहेको कोठामा धुँवामा निस्सासिएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

पुनर्वास कम्पनीले पहिलो चरणमा जग्गा वितरण गर्दा स्याङ्जाबाट बसाई सरेर खजुरामा आएका पौडेल कुनैबेला खजुरा क्षेत्रकै चर्चिच होटल व्यवसायीकारुपमा परिचित रहेका थिए । पौडेलका ३ छोरी र २ छोरा छन् ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ११ : १५ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार