२४ माघ २०८२, शनिबार | February 8, 2026

भारतीय गहुँ खेतबाट सल्केको आगोले पर्सामा लाखौँको क्षति

वीरगञ्ज । सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका-१, भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ । भारतीय भूमिमा पर्ने खेतबाट शनिबार दिउँसो ३ बजेको समयमा सल्किएको आगोले यहाँका १५ किसानको गहुँ अन्नवाली, पराल, कुखुरा फार्म र फुसको घरलगायत सम्पत्तिमा क्षति पुर्याउँदा १२ लाख ८४ हजार बराबरको क्षति भएको…