२७ माघ २०८२, मंगलबार | February 10, 2026

नेपालगन्ज-गौघाट सडकको ठेकेदार बेपत्ता भएपछि स्थानीय उत्रिए सडक आन्दोलनमा

खजुरा । बाँकेको खजुरा स्थिति गौघाट परसपुर सडक बेवारिसे छाडेर ठेकेदार कम्पनी बेपत्ता भएपछि स्थानीयले आन्दोलन थालेका छन् । सडक सम्पन्न गर्ने म्याद ६ महिना बाँकी रहँदा १२ प्रतिशतमात्र काम गरेर ठेकेदार कम्पनी बेपत्ता भएपछि स्थानीयले आन्दोलन थालेका हुन् । स्थानीयले आज दिनभरी नै नेपालगन्जको परसपुर गौघाट सडक बन्द गर्दै वडा कार्यालयमा तालाबन्दी समेत गरेका…