६ बैशाख २०८३, आइतबार | April 19, 2026

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनःलेखन गर्न पूर्व अर्थमन्त्री द्वय पौडेल र शर्माको आग्रह



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका तर्फबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले समाजवाद र समृद्धिको बाटो पहिल्याउन नसक्ने खालको भएकाले पुनर्लेखन गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाई आर्थिक मन्दीबाट मुलुकलाई मुक्त गरी रोजगारी र उत्पादन बढाउने ढङ्गले पुनःलेखन गर्न आग्रह गरेका हुन् ।

यसअघिको सत्ता गठबन्धनका तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त प्राथमिकता पेस गरेकोमा हाल नयाँ अर्थमन्त्री नियुक्त भएको स्थितिमा पनि यसलाई तदअनुरुप बनाउन उनको आग्रह रहेको छ ।

“सिद्धान्त र प्राथमिकताले संविधानको प्रस्तावनाबमोजिमको समाजवादोन्मुख अवधारणालाई महत्व दिन सकेको छैन । समाजवाद शब्दलाई नै जानेबुझेर प्रयोग नगरी पुँजीवाद सोचमा लाने खालको देखिन्छ”, नेता पौडेलले भने । उनले अर्थतन्त्रका सूचकहरू पनि सहीरूपमा नआएको भन्दै लक्ष्यको आधाभन्दा कम आर्थिक वृद्धि हुने स्थिति हुँदा अर्थतन्त्र सुधारमा छ भनिएकोमा असन्तुष्टि व्यक्त गरे ।

बैठकमा धारणा राख्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं अर्का पूर्वअर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायमा आधारित समाजवाद निर्माणको आधार तय हुने गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई संशोधन गर्न आग्रह गरे ।

उनले सरकार पुनःगठन भएको अवस्थामा उठेका विषय र अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन आग्रह गरे ।

संविधानको मर्म र भावनाअनुसार समाजवादोन्मुख अवधारणामा बजेट आउनुपर्ने र त्यसले अर्थतन्त्रलाई बलियो बनाउँदै विदेशमा रहेका श्रमिक नेपाली दाजुभाइलाई समेत सचेततापूर्वक समेट्नुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ४ : ४३ बजे

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

सिरहा । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

बागमती । बागमती र लुम्बिनी प्रदेशसभाको बैठक आज अलग अलग

कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको

राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड

मधुवा रोगको समस्याले किसान चिन्तित

बाँके । बाँकेमा आँपको फल लाग्ने बेला यस वर्ष मधुवा