काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी अध्यक्ष एवं आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरु भएको हो । बैठकमा हालै देशभर आएको विपद्पछिको अवस्थाको मूल्यांकन, आगामी विशेष महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट प्रक्रिया, तथा संगठन सुदृढीकरणका विषयहरूमा गम्भीर छलफल भइरहेको…