१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

मुखको सुर्ती थुकेरमात्र नेपालगन्ज उपमहानगरमा प्रवेश गर्न पाइने, गोजीमा भेटिए कारवाही

नेपालगन्ज । सूर्तीजन्य पदार्थ बोकेर प्रवेश गर्न खोजे नेपालगन्ज उपमहानगरपालिकाले प्रवेशमा रोक लगाउने भएको छ। नेपालगन्ज उपमहानगरपालिकाले सूर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि सुरुवाती चरणमा कार्यालयभित्र प्रवेश गर्नेलाई कडाइ गर्ने भएको हो। नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयमा आउने सेवाग्राहीलाई प्रवेशद्वारमा नगर प्रहरीले जाँच गर्ने र मुखमा सूर्तीजन्य पदार्थ खाइरहेको छ भने नजिक राखेको डष्टविनमा थुक्न लगाएर मुख…