१६ बैशाख २०८१, आइतबार | April 28, 2024

मुखको सुर्ती थुकेरमात्र नेपालगन्ज उपमहानगरमा प्रवेश गर्न पाइने, गोजीमा भेटिए कारवाही



नेपालगन्ज । सूर्तीजन्य पदार्थ बोकेर प्रवेश गर्न खोजे नेपालगन्ज उपमहानगरपालिकाले प्रवेशमा रोक लगाउने भएको छ।

नेपालगन्ज उपमहानगरपालिकाले सूर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि सुरुवाती चरणमा कार्यालयभित्र प्रवेश गर्नेलाई कडाइ गर्ने भएको हो।

नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयमा आउने सेवाग्राहीलाई प्रवेशद्वारमा नगर प्रहरीले जाँच गर्ने र मुखमा सूर्तीजन्य पदार्थ खाइरहेको छ भने नजिक राखेको डष्टविनमा थुक्न लगाएर मुख कुल्ला गरेर भित्र पठाउने, गोजीमा राखेको छ भने फाल्न लगाउने रणनीति बनाइएको छ।

कसैले सूर्तीजन्य पदार्थ बोकेर भित्र प्रवेश गरेमा सुरुमा चेतावनी दिइने र फेरि पनि फेलापरेमा एक सय रुपैयाँ जरिवाना गर्ने उपमहानगरले जनाएको छ।

नेपालगन्जका मेयर प्रशान्त विष्टले सूर्तीजन्य पदार्थ रोकथामका लागि सुरुमा उपमहानगरपालिका कार्यालयभित्र आउनेलाई कडाई गर्न थालेको बताए। मेयर विष्टले चैत्रसम्म सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि सचेतनामूलक कार्यक्रमहरु गर्ने र वैशाख १ गतेदेखि कारबाहीको चरणमा जाने बताए।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : ५४ बजे

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको