३० भदौ २०८३, मंगलबार | September 15, 2026

मुखको सुर्ती थुकेरमात्र नेपालगन्ज उपमहानगरमा प्रवेश गर्न पाइने, गोजीमा भेटिए कारवाही



नेपालगन्ज । सूर्तीजन्य पदार्थ बोकेर प्रवेश गर्न खोजे नेपालगन्ज उपमहानगरपालिकाले प्रवेशमा रोक लगाउने भएको छ।

नेपालगन्ज उपमहानगरपालिकाले सूर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि सुरुवाती चरणमा कार्यालयभित्र प्रवेश गर्नेलाई कडाइ गर्ने भएको हो।

नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयमा आउने सेवाग्राहीलाई प्रवेशद्वारमा नगर प्रहरीले जाँच गर्ने र मुखमा सूर्तीजन्य पदार्थ खाइरहेको छ भने नजिक राखेको डष्टविनमा थुक्न लगाएर मुख कुल्ला गरेर भित्र पठाउने, गोजीमा राखेको छ भने फाल्न लगाउने रणनीति बनाइएको छ।

कसैले सूर्तीजन्य पदार्थ बोकेर भित्र प्रवेश गरेमा सुरुमा चेतावनी दिइने र फेरि पनि फेलापरेमा एक सय रुपैयाँ जरिवाना गर्ने उपमहानगरले जनाएको छ।

नेपालगन्जका मेयर प्रशान्त विष्टले सूर्तीजन्य पदार्थ रोकथामका लागि सुरुमा उपमहानगरपालिका कार्यालयभित्र आउनेलाई कडाई गर्न थालेको बताए। मेयर विष्टले चैत्रसम्म सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि सचेतनामूलक कार्यक्रमहरु गर्ने र वैशाख १ गतेदेखि कारबाहीको चरणमा जाने बताए।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : ५४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ