२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

प्रधानमन्त्री कप क्रिकेट : आर्मीको ४ विकेटको जित



भैरहवा । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबमाथि ४ विकेटको जित निकालेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा मंगलबार एपीएफलाई हराउँदै आर्मीले प्रतियोगितामा तेस्रो जित निकालेको छ । आर्मीले जितका लागि एपीएफले दिएको १ सय २२ रनको लक्ष्य २४ औं ओभरमा ६ विकेटको नोक्सानीका पूरा गर्यो ।

यससँगै आर्मीले ५ खेलमा ३ जित र २ हारका साथ ६ अंक जोडेको छ । एपीएफले भने ५ खेलमा २ जित र ३ हार ब्यहोर्दै सातौं स्थानमा छ । आर्मीका लागि कप्तान विनोद भण्डारीले नटआउट ३४ रन जोड्दै टिमलाई जित दिलाए । उनले ४० बलमा ४ चौका र १ छक्का प्रहार गरे । कुशल मल्लले १९ र बसिर अहमदले १८ रन जोड्ने क्रममा समान २-२ चौका र १-१ छक्का प्रहार गरे । बलिङमा एपीएफका रमेश कुर्मीले २ विकेट लिँदा मौसम ढकाल र कप्तान रोहितकुमार पौडेलले समान १-१ विकेट लिन सफल भए ।

यसअघि कप्तान रोहितकुमार पौडेलले संघर्षपूर्ण अर्धशतकको मद्दतमा नेपाल एपीएफ क्लबले १ सय २१ रनको सामान्य योगफल बनाएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ३२ ओभर ४ बलमा अलआउट भएको थियो । खराब मौसमका कारण ३६ ओभरमा झारिएको खेलमा एपीएफले सुरुवाती दुवै ओभरको पहिलो बलमा क्रमशः ओपनर प्रज्वल शाही र पुरन विक (३) लाई गुमाउँदा टिम संकटमा परेको थियो । दोस्रो ओभरमा ब्याटिङका लागि आएका कप्तान रोहित ३३ औं ओभरमा नवौं विकेटको रुपमा पेभेलियन फर्किए । उनले १ सय ३ बलको सामना गर्दै ५९ रन जोडे । स्पिनर बसिर अहमदको बलमा ठूलो सट खेल्ने क्रममा क्याच आउट हुनुअघि उनले २ चौका र २ छक्का प्रहार गरेका थिए ।

एकतर्फ लगातार विकेट झर्दा रोहितले अर्कातर्फबाट सम्हालिएर विकेट जोगाएर रन बटुलेका थिए । एपीएफका लागि भुवन कार्कीले १६ र सुमित महर्जनले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । आर्मीका लागि प्लेयर अफ द म्याच समेत भएका सोमपाल कामीले ३ विकेट लिँदा अभिनाश कर्णले २ तथा विवेक यादव, साहब आलम र बसिर अहमदले समान १-१ विकेटको सफलता प्राप्त गरे ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ४ : २४ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति अमेरिकाबाट नेपाल पठाइयो

वासिङ्टन डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने